चार हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

34

काठमाडौँ, २७ जेठ । आइतबार सुनको भाउ एकैदिन तोलामा ४ हजार रुपैयाँ घटेको छ । शुक्रबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुन आज ४ हजार घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा ७५ रुपैयाँ घटेको छ । शुक्रबार तोलाको १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...