नयाँ बजेटले अर्थतन्त्र सबल र उत्थानशील बनाउने अर्थमन्त्रीको दाबी

15

काठमाडौँ, २३ जेठ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय गौरवका आयोजना, प्राथमिकता प्राप्त आयोजना तथा स्रोत सुनिश्चत गरिएका आयोजनामा स्रोतको कमी हुने गरी नआएको दाबी गर्नुभएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै उहाँले उत्पादन र रोजगारीका अवसर सिर्जना गर्दै देशको अर्थतन्त्रलाई सबल र उत्थानशील बनाउने अगामी आर्थिक वर्षको बजेट आएको बताउनुभयो ।

अर्थतन्त्र चलायमान हुँदै गएको, निजी क्षेत्रको मनोबल बढ्दै गएकाले वित्तीय क्षेत्रबाट लगानीयोग्य पुँजी थप परिचालन हुने, भर्खरै सम्पन्न लगानी सम्मेलनमा व्यक्त भएका प्रतिबद्धता बमोजिम थप वैदेशिक लगानी परिचालन हुने पुनको भनाइ थियो ।

त्यस्तै, मन्त्री पुनले करका दर हेरफेरका विषयमा समेत संसद्‌मामा जवाफ दिनुभएको छ । आयातमा मात्र मूल्य अभिवृद्धि कर लगाउन जटिल समस्या भएका कारण आलु, प्याज र स्याउमा भ्याट हटाइएको उहाँले बताउनुभयो ।

‘गत वर्ष आलु, प्याज र स्याउ लगायतका तरकारी एवं फलफूलमा मूल्य अभिवृद्धि कर लगाइएकोमा प्रशासनिक हिसाबले आयातमा मात्र मूल्य अभिवृद्धि कर लगाउन जटिल भएको र आन्तरिक उत्पादनमा समेत मूल्य अभिवृद्धि कर लागेकाले आन्तरिक उत्पादनलाई संरक्षण दिन मूल्य अभिवृद्धि कर हटाइ आयातमा अग्रिम आयकर लिने व्यवस्था गरिएको हो,’ उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...