कृषिलाई ५७ अर्ब २९ करोड बजेट

20

काठमाडौँ, १५ जेठ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषि क्षेत्रलाई ५७ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक अनुमानित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो घोषणा गर्नुभएको हो ।

त्यसैगरी सरकारले कृषिमा लगानी दशक घोषणा गरेको छ । जसमा सामूहिक खेती प्रवर्द्धन गर्न सरकारी जमिन लिजमा उपलब्ध गराइने बजेटमा उल्लेख छ ।

त्यस्तै, अर्थमन्त्री पुनले टिस्यू कल्चर प्रयोगशाला निर्माण गरि विरुवा उत्पादन गरिने बताउनुभयो । यसैगरी उहाँले फलफूल क्षेत्र विकासका लागि एक अर्ब ४४ करोड विनियोजन गरिएको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...