जनकपुर–जयनगर रेल ७२ घन्टा बन्द

7

जनकपुर, ४ जेठ । भारतमा हुन गइरहेको लोकसभा निर्वाचनका कारण जनकपुर–जयनगर रेलसेवा भोलि शनिबारदेखि तीन दिन बन्द हुने छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले भोलिदेखि जेठ ७ गते (सोमबार)सम्म रेलसेवा पूर्णरूपमा बन्द रहने जानकारी दिनुभयो ।

भारतको बिहार राज्यको मधुबनी जिल्लाको संसदीय क्षेत्रमा यही जेठ ७ गते हुने लोकसभा निर्वाचन हुँदै छ । सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै सीमा जिल्ला समन्वय समितिले निर्णय गरेअनुसार ७२ घन्टाका लागि नेपाल रेल्वे सेवा पूर्णरूपमा बन्द गरिन लागिएको झाले बताउनुभयो ।

‘यही जेठ ०५ गते शनिबारदेखि ०७ गते सोमबार सम्म ३ (तीन) दिनको लागि भंगहा–जनकपुर–जयनगर खण्डमा सञ्चालित रेल्वे सेवा पूर्णरुपमा बन्द रहने व्यहोरा सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ । ०८ गते मंगलबारदेखि उक्त खण्डमा साविक बमोजिम नै नियमित रुपमा रेल सेवा सञ्चालनमा आउने व्यहोरासमेत सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ ।’

Share This:
सम्बन्धित खबर
Loading...