सोडारी सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्त

31

धनगढी, ६ वैशाख । नेकपा (एकीकृत समाजवादी)का नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रदेश सभामा एकीकृत समाजवादीको संसदीय दलका नेता सोडारीले पेस गरेको दाबी सदर गर्दै प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार उहाँलाई बिहीबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

संघमा सत्ता गठबन्धनका शीर्ष नेताबीच सुदूरपश्चिममा प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति बनेपछि सोडारीका लागि बाटो खुलेको हो । उहाँलाई आफ्नै दल एकीकृत समाजवादी, एमाले, माओवादी, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदसहित २७ जनाको समर्थन छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा एमाले १०, माओवादी केन्द्र १०, एकीकृत समाजवादीका ४ सांसद छन् । तीन दलसँगै नागरिक उन्मुक्तिका सातमध्ये दुई जना र स्वतन्त्रका एक सांसदको समर्थन पाएर सोडारीले बहुमत पुर्‍याउनुभएको हो ।

यसअघि विश्वासको मत नपाउने अवस्था आउँदा मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ मा पदबाट राजीनामा दिनुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...