एक्लै बहुमत ल्याउनुपर्नेछ, पार्टीका सबै एक भएर लागौँ : सभापति देउवा

30

काठमाडौँ, २५ चैत । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान अवस्थामा बहुमत ल्याउने पार्टी बनाउनु अपरिहार्य भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा उहाँले बलियो पार्टी निर्माण गर्नु अहिलेको आवश्यकता भएको भन्दै त्यसको लागि सबैलाई कम्मर कसेर अगाडि बढ्न अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राखेर एक्लै जित्न सक्ने, बहुमत ल्याउने पार्टी बनाउनु हाम्रो लागि अपरिहार्य भएको छ । त्यसैले सबै पार्टीका साथीहरु एक भएर लाग्नुहोस् । आपसी समझदारी, समन्वय कायम गर्दै देशभर पार्टी जित्न आवश्यक छ । त्यसकारण बहुमत ल्याउनको लागि कम्मर कसेर अगाडि बढ्न अनुरोध गर्दछु ।’

आपसमा घात, अन्तरघात नगरेर एक भएर पार्टीलाई एक्लै लग्नुपर्ने अवस्था आएको पनि उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...