काठमाडौँ, २४ चैत । इलामको उपनिर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच तालमेल हुने भएको छ । अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालले चुनावी तालमेल गरेर अघि बढ्ने सहमति गरेपछि इलाम क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार नै दुवै दलको साझा उम्मेदवार भएका छन् ।
शीर्ष तहको सहमति अनुसार, एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई सघाउन दुवै पार्टीका इलाम जिल्लास्थित समितिले औपचारिक सहमति पनि गरेका छन् ।
माओवादी जिल्ला समन्वय समितिका संयोजक विजय लिम्बू र एमालेका इलाम अध्यक्ष महेश बस्नेतले हस्ताक्षर गरेको अपिलमा शुक्रबार सार्वजनिक गर्दै सुहाङ नेम्बाङलाई सघाउन अपिल गरेका छन् ।
इलाम २ को उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।