राजनीतिक स्थिरताको लागि समाजवादी मोर्चा आवश्यक : विप्लव

5

काठमाडौँ, २० चैत । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मुलुकलाई अस्थिरताबाट स्थिरतातिर ढाल्न समाजवादी मोर्चाको आवश्यकता भएको बताउनुभएको छ ।

मंगलबार समाजवादी मोर्चाको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै चन्दले मुलुकमा देखिएको सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्र सम्भव रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले धेरै उपलब्धी हासिल गरेका छौँ । यो कुरा साचो हो । तर पूर्ण भइसकेको छैन । यसका लागि मानवजाती लडिरहेको छ । आफ्नो अधिकारका लागि कोही पनि चुप लागेर बस्न मिल्दैन । बसेको छैन । यस अवस्थामा समाजवादी र कम्युनिस्टहरुको कुन धारा र विचार बोकेर अघि बढ्ने भन्ने कुरा स्पष्ट हुन आवश्यक छ ।’

नेपालमा उत्पन्न भएको संकटबाट निराशा मात्र होइन सम्भावना समेत देखिएको भन्दै चन्दले दलाल पुँजीवादले राजनीतिको आडमा कब्जा गरेको अर्थतन्त्रको सुधारका लागि कम्युनिस्ट एकताको आवश्यकता परेको औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले बजारमा समाजवादी मोर्चाले अस्थिरता ल्याउछ कि भन्ने बहस समेत भइरहेको सुनिन्छ । तर, त्यो कुरा साचो होइन । म त के देख्छु भने आज जत्तिको स्वतन्त्र समाज कहिले भएको थिएन ।’

Share This:
सम्बन्धित खबर
Loading...