‘चीनसँगका १४ वटा नाका कहिले खुल्छन् मन्त्रीज्यू ?’

10

काठमाडौँ, २० चैत । नेपाली काङ्ग्रेसका सांसद दिलेन्द्र बडुले दार्चुलालगायत देशका १४ वटा नाकाहरु सञ्चालन गर्ने परराष्ट्रमन्त्रीले दिनुभएको अभिव्यक्तिबारे ध्यानाकर्षण भएको जनाउनुहुँदै संसद्‌मा आएर स्पष्ट जवाफको माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा उहाँले प्रधानमन्त्रीले पछिल्लो चीन भ्रमणको क्रममा पनि नाकासम्बन्धी सम्झौता भएको तर आजसम्म पनि खुल्न नसकेको भन्दै यसबारे मन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘उपप्रधानमन्त्री हिजो मात्रै चीनको भ्रमणबाट फर्किनुभएको छ । यस क्रममा कोरोनापछि बन्द भएको दार्चुलालगायत देशका १४ वटा नाकाहरु अब छिट्टै खुल्ने सम्झौता भएको खबर सुन्नमा आएको छ । तर, यस्तो सम्झौता प्रधानमन्त्रीको पछिल्लो भ्रमणमा पनि भएको थियो तर अहिलेसम्म पनि त्यो नाकाहरु सञ्चालनमा आउन सकेको छैन । यो कुन मितिसम्म सञ्चालनमा आउँछ यसको जवाफ मन्त्रीले संसद्‌मा दिनुपर्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...