संवाद यात्राले उत्साह जगायो, भरोसा बढायो : गगन थापा

15

काठमाडौँ, १८ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको दोस्रो चरणको संवाद यात्रा सकेर काठमाडौँ फर्किनुभएको छ ।

ऐतिहासिकस्थल सूर्यपुरामा रहेको जननायक बिपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेर थापाले दोस्रो चरणको संवाद यात्रा सुरु गर्नुभएको थियो ।

यात्राको चरणमा शनिबार दाङ र बाँकेमा हुलाकी राजमार्ग आसपासका समुदायसँग संवाद गरी काठमाडौँ फर्किएको महामन्त्री थापाले जानकारी दिनुभयो ।

‘यसपटक खुला छलफल, उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्य, कृषिलगायतको विषयमा सरोकारवालासँग अन्तरक्रिया, अवलोकनका साथै पार्टीको तल्लो तहमा क्रियाशील सदस्य, नेतृत्व चयन र पार्टी व्यवस्थापन तथा लिनुपर्ने नीतिका बारेमा सुझाव लिएर आएको छु,’ थापाले भन्नुभयो ।

थारु समुदासँग छलफल, सिक्टा सिंचाइ आयोजनाको अवलोकन र अन्तरक्रिया र जनप्रतिनिधि र जनसमुदायसँग संवादमा धेरै महत्त्वपूर्ण विषय आएको उहाँले उल्लेख गर्नुभयो । यात्राका क्रममा महामन्त्री थापाले केही कानुन, केही बजेट कार्यान्वयनमा अड्किएका विषयमा पार्टीले पहलकदमी लिनुपर्ने पनि उल्लेख गर्नुभयो ।

‘संवाद यात्राबाट थप भरोसासहित उत्साह बोकेर आएको छु । जनचासो र सरोकारका विषयका बारेमा अब तत् तत् निकायमा निरन्तर झक्झकाउने छु । केही समयपछि यात्रालाई पुनः निरन्तरता दिनेछु,’ महामन्त्री थापाले भन्नुभयो । चैत्र १६ गतेदेखि थापा नेतृत्वको टोली संवाद यात्रामा थियो ।

Share This:
सम्बन्धित खबर
Loading...