भोजपुरका ५ अग्निपीडित परिवारलाई २५ बण्डल जस्तापाता

38

भोजपुर, १८ चैत । भोजपुरका अग्निपीडितलाई जस्तापाता वितरण गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भोजपुर नगरपालिका–१२ टक्सारस्थित मालबाँसेका आगलागी पीडितहरूलाई राहतस्वरुप जस्तापाता उपलब्ध गराएको हो ।

आगलागीबाट पीडित स्थानीयहरूलाई एनआरएनएको तर्फबाट अस्थायी आवास निर्माण गर्न पाँच परिवारका लागि २५ बन्डल जस्तापाता उपलब्ध गराइएको हो । नगरप्रमुख कैलाश कुमार आलेमार्फत् सो जस्तापाता वितरण गरिएको एनआरएनएले जनाएको छ ।

परोपकार तथा मानवीय सहायता विभागमार्फत संघले आगलागीजन्य विपद् प्रभावितका लागि सहयोग गरिएको हो । संघका अध्यक्ष बद्री केसीले संघले विपद्‌मा परेका टक्सारबासीलाई परेको पीडामा थोरै भएपनि मल्हम लगाउन प्रयास गरिएको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...