‘गृहमन्त्रीेमाथि संसदीय छानविन पूर्वाग्रहबाट प्रेरित’

35

काठमाडौँ, १७ चैत । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग पूर्वाग्रहको आधारमा प्रेरित रहेको बताउनुभएको छ ।

शनिबार सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले राख्नुभएको प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलपछि उहाँले संसदीय समिति आवश्यकताका आधारमा मात्र बनाउनुपर्ने भन्दै यसबारे आवश्यकता नभई कांग्रसले सरकारबाट बाहिरिनु परेको बद्लाको रुपमा उठाएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘तत्काल सरकारबाट बाहिरिन परेको बद्लाको रुपमा उहाँहरुले विषयवस्तु राख्नुभएको हो । यस विषयमा प्रधानमन्त्रीले जवाफ दिइसक्नुभएको छ । एकपटक उठेको विषयमा गृहमन्त्रीले जवाफ दिन चाहनुभएको छ । यसमा प्रतिपक्षले सहजीकरण गर्नुपर्छ । सिंगो देश र जनतालाई के भन्न्न खोज्नुभएको हो, उहाँहरुले धैर्यता राख्नुपर्छ । संसदीय समिति आवश्यकता नभइ पूर्वाग्रहको आधारमा प्रेरित हो कि भन्ने देखिएको छ ।’

भोलिदेखि लगातार चार दिन बैठक जाने भन्दै भोलि प्रतिनिधि सभाअघि थप छलफलको लागि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको पनि जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...