जंगली हात्तीको आक्रमणबाट झापामा महिलाको मृत्यु

12

झापा, १७ चैत । जंगली हात्तीको आक्रमणबाट झापामा फेरि एकजना महिलाको मृत्यु भएको छ । कमल गाउँपालिका-५ की ५८ वर्षीया खड्गमाया माबोको गएराति हात्ती आक्रमणमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार सुतिरहेको स्थानमा जंगली हात्ती आएर आक्रमण गर्न सुरु गरेपछि माबो घरबाट निस्किएर भागेकी थिइन् । भाग्दै गरेकी उनलाई हात्तीले लखेटेर आक्रमण गरेको थियो । शुक्रबार राति ११ बजेको समयमा हात्तीको आक्रमणमा परेकी उनको घटनास्थलमै मृत्यु भएको थियो ।

तीन दिनअघि शिवसताक्षी नगरपालिका–११ की ६० वर्षीया पवित्रा भेटुवालको पनि स्थानीय जंगलमा दाउरा खोज्न गएका बेला हात्तीको आक्रमणम मृत्यु भएको थियो । घटनामा घाइते भएका उनका श्रीमानको उपचार भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...