नेपालको अर्थतन्त्रको ठुलो हिसा कृषि र रेमिट्यान्समा निर्भर छ : डा.शाक्य

24

काठमाडौँ, १५ चैत । त्रिभुवन विश्वविद्यालयकी डिन प्राध्यापक डा.कुसुम शाक्यले नेपालको अर्थतन्त्र विकासशील श्रेणीमा रहेको बताउँदै मुलुकको अर्थतन्त्रको ठुलो भाग कृषि र रेमिट्यान्समा निर्भर रहेको बताउनुभएको छ ।

बिहीबार त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पाटन बुहमुखी क्याम्पसले आयोजना गरेको दुई दिने अर्थशास्त्रसम्बन्धी सम्मेलनको उद्घाटन गर्नुहुँदै शाक्यले विगतको तुलनामा केही सुधार भएको भएपनि अझै देशको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले पनि नेपालको अर्थतन्त्र कृषि र रेमिट्यान्समा निर्भर रहेको छ । विगतको तुलनामा देशले प्रायः आर्थिक रूपमा उदारीकरण पनि नगरेको होइन । उच्च आर्थिक विकास हासिल गर्ने काममा सक्रिय भएकै कारणले होला हामी विश्वका गरिब देशको सूचीमा परेका छैनौँ ।’

शाक्यले कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को लगभग २५ प्रतिशत रेमिट्यान्समा निर्भर रहेको उल्लेख गर्नुभयो ।

अन्य विकसित देशहरुसँग नेपालको कुल गार्हस्थ्य उत्पादनको तुलना गर्दै उनले भनिन्, ‘विगत ६० वर्षमा नेपालको नाममात्र जीडीपी सन् १९६० को २।६९ अर्ब अमेरिकी डलरबाट ९.२ गुणाले मात्रै बढेर २०१९ मा २४.६ अर्ब अमेरिकी डलर पुगेको छ भने भारत १४९ अर्ब अमेरिकी डलरबाट झन्डै २० गुणाले बढेर चीनबाट २.९६ अर्ब अमेरिकी डलर पुगेको छ । २०२२ मा ८ बिलियन अमेरिकी डलर ५०० ट्रिलियन रहेको छ । नेपालमा दोस्रो ठुलो रकम कृषिले योगदान गरेको छ, जबकि ११ प्रतिशत उद्योग क्षेत्रबाट आएको छ ।’

Share This:
सम्बन्धित खबर
Loading...