काठमाडौँ, १५ चैत । निरन्तर उकालो लागेको सुनको मूल्यले बिहीबार पुनः नयाँ रेकर्ड बनाएको छ । लगातार बढिरहेको सुन आज प्रतितोला एघार सयले बढेर एक लाख २७ हजार ९०० रूपैयाँ पुगेको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार ८०० रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख २७ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार ५१० रूपैयाँ पुगेको महासंघले जनाएको छ ।
बुधबार चाँदी प्रतितोला एक हजार ४९० रूपैयाँमा कारोबार भएको थियो ।