सहकारी प्रकरणमा मेरो नामबाहेक अरु केही छैन : गृहमन्त्री लामिछाने

56

काठमाडौँ, १४ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको घटनामा आफ्नो नामबाहेक अरु केही पनि नभएको बताउनुभएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिमा बसेको बैठकमा उहाँले नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले केही सहकारीको रकमबारे उठाएको प्रश्नमा उहाँले उक्त जवाफमा दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘सहकारीमा मेरै नाम भएको भन्ने बुझियो । त्यसमा मेरो नाम छ भनिएको छ । त्यहाँ नामबाहेक केही पनि छैन । अर्थात् न हस्ताक्षर छ, न ल्याप्चे छ, न कुनै निवेदन दिएको छु । न मेरो सामान्य केवाइसी भरिएको छ । केही पनि छैन । न कुनै पत्र पाएको छु, न कुनै अनुसन्धान भएको भन्ने कुरा थाहा छ । मैंले सुनेअनुसार त्यो मुद्दा अदालतमा दर्ता भएको छ । मुद्दामा म प्रतिवादी छैन । प्रतिवादीहरुको बयानमा पनि मेरो नाम उल्लेख भएको जानकारी छैन । एउटा जाहेरी छ जुन सूचनाको रुपमा मैले ग्रहण गरेको बाहेक त्यो दर्ता पनि भएको छैन ।’

Share This:
सम्बन्धित खबर
Loading...