गृहमन्त्रीकै अघि बडुले सोधे : सहकारी ठगीमा तपाईंको नाम मात्र मिलेको हो ?

26

काठमाडौँ, १४ चैत । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सहकारी ठगी प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्ने बताउनुभएको छ ।

राज्य व्यवस्था समितिको बुधबारको बैठकमा सांसद बडुले जनताको करोडौँ रुपैयाँ अपचलन भएको भन्दै जतिसुकै पहुचवाला नेता भएपनि छानबिनको दायरामा आउनुपर्ने बताउनुभयो ।

बडुले सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नामसमेत जोडिएको उल्लेख गर्दै यो के हो भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘छापामा आएअनुसार, केही सहकारीको रकम अन्य प्रयोजनका लागि ग्यालेक्सी टिभीमा १० करोड आउन हुन्थ्यो कि हुँदैनथ्यो । रवि लामिछानेको नाममा पनि त्यो रकम आएको भन्ने छ । नाममात्र मिलेको हो कि के हो ?’

बडुले सहकारी ठगी प्रकरणको अनुसन्धान नसकिनेबेलासम्म गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने बताउनुभयो ।

त्यस्तै, सांसद बडुले सुन तस्करी प्रकरणसम्बन्धी छानबिन समितिको रिपोर्टसमेत सार्वजनिक गरिनुपर्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...