एमाले अध्यक्ष ओलीको प्रश्न- काठमाडौँका १० क्षेत्रमा १ मात्र कसरी जितियो ?

19

काठमाडौँ, ७ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँका निर्वाचन क्षेत्रहरुमा हार स्वीकार्य नहुने भन्दै पार्टी कार्यकर्तालाई संगठन निर्माणमा लाग्न निर्देशन दिनुभएको छ ।

एमाले काठमाडौँ जिल्ला कमिटिको कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले काठमाडौँमा एमालेको प्रदर्शन कमजोर भएको भन्दै सुधार्न आवश्यक रहेको औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, राजधानीले सिंगो देशको प्रतिनिधित्व गर्छ । काठमाडौँमा हाम्रो प्रदर्शन कमजोर कसरी भयो ? कसरी असफतातिर गइरहेका छौँ । यसबारे सोच्ने बेला आएको छ । यसका लागि अब हामी अघि बढ्नुपर्ने बेला आएको छ । काठमाडौँका १० क्षेत्रमध्ये एउटा मुस्किलले जित्यौँ, यो स्थितिलाई अनिवार्य बदल्नुछ ।’

अध्यक्ष ओलीले एमालेका उद्देश्य, स्पष्ट विचार र गरेका कामकोप्रति पनि यो परिणाम सन्तोषजनक नरहेको बताउनुभयो ।

पार्टीका प्रत्येक कार्यकर्ताले डायरी बोकेर आफूले संगठन र पार्टीका लागि गरेका कामहरुको नोट गर्नुपर्ने उहाँको निर्देशन थियो । त्यस्तै, अध्यक्ष ओलीले देशमा उल्लेख्य रोजगारीको अवसर नभएको उल्लेख गर्नुहुँदै भएको रोजगारीमा समेत श्रमशोषण भइरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देशमा पर्याप्त रोजगारीका अवसरहरु प्राप्त नभइसकेको आवस्था छ । भएकोमा पनि श्रम शोषण भइरहेको छ । राज्यले तोकेको न्यूनतम पारिश्रमिकबाट नागरिक मुक्त छन् यो बारेमा सरकारले ध्यान दिन आवश्यक छ ।’

सबै चेतना र समृद्ध समाजको अभियानको नेतृत्व एमालेले लिनुपर्ने अध्यक्ष ओलीको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...