शान्ति प्रक्रिया सत्ता लेनदेनको विषय होइन : एनपी साउद

33

काठमाडौँ, ५ चैत । पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले शान्ति प्रक्रियालाई राष्ट्रिय सहमतिमा सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । सोमबार एनसिएल मोडेल संयुक्त राष्ट्र २०२४ उद्घाटन समारोहमा उहाँले शान्ति प्रक्रियाको काम अन्तिम चरणमा पुगेको भन्दै यसलाई सत्ताको लेनदेनको विषय बनाउनुभन्दा राष्ट्रिय सहमतिमा सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रियालाई टुंगाएर अगाडि बढ्नुपर्ने हुन्छ । यसलाई राजनीतिक वादविवादको विषय बनाउनुभन्दा पनि शान्ति प्रक्रियालाई राष्ट्रिय सहमतिको विषय बनाएर यसलाई टुंगाएर अगाडि बढ्नु पर्ने आवश्यकता छ यो कामको लागि सबै राजनीतिक दलहरु, नयाँ पुस्ताहरु पनि लाग्नुपर्छ । यसको काम अन्तिम चरणमा पुगेको हुनाले यसमा सत्ताको लेनदेनको विषय बनाउनुभन्दा पनि यो एउटा राष्ट्रिय समस्या हो यसलाई राष्ट्रिय सहमतिमा सम्पन्न गर्नुपर्छ ।’

उहाँले नेपालका चुनौतीहरु समाधान गर्नका लागि पनि राष्ट्रिय सहमतिको आवश्यकता रहेको भन्दै यसको लागि सबै दलहरु स्थानमा उभिन पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालका चुनौती र समाधानहरु के के हुन् भनेर एउटा राष्ट्रिय सहमतिको आवश्यकता अझै पनि छ । त्यो राष्ट्रिय सहमतिमा सबै शक्ति अटाउनु पर्छ । सबैलाई समेट्न सके मात्रै राष्ट्रिय सहमती हुन्छ र यसको लागि सबै दलहरु एकै स्थानमा उभिन आवश्यक छ ।’

यस्तै, उहाँले साना राष्ट्रले आफ्नो रक्षा गर्नका लागि युएन जस्तो संस्थाको आवश्यकता भएको भन्दै कमजोर मुलुकहरुको पक्षमा बोल्नका लागि बलियो मञ्च संयुक्त राष्ट्रसंघ नै भएको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...