देश तस्कर र शक्तिशालीहरुको लुटको महाजालोमा फस्यो : सांसद केसी

14

काठमाडौँ, २ चैत । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले देश तस्कर र शक्तिशालीहरुको लुटको महाजालोमा फसेको बताउनुभएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले सुन काण्डमा संलग्न भएका सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो,‘देश तस्कर र शक्तिशालीहरुको लुटको महाजालोमा फसेको छ । साढे ३३ किलो तस्करीबारे छनाबिन गर्न गृह मन्त्रालयका सहसचिब ईश्वर पौडेललेको अध्यक्षतामा समिति गठन भएको थियो । तर, ७५२ पेजको उक्त प्रतिवेदन गायब गरियो । अहिले ४२५ पेजको डिल्लीराम आचार्यको प्रतिवेदन आएको छ । यो पनि त्यसरी नै हराउने काम नहोस् । जो दोषी छन्, उनीहरुमाथि कारबाही होस् ।’

उहाँले देशकै सबैभन्दा भ्रष्टाचारको ठुलो काण्ड एनसेल प्रतिवेदन सार्वजनिक गर्न पनि माग गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...