काम गर्न नसकेको दिन आफैँ सरकार छाडेर जान्छौँ : वाग्ले

20

काठमाडौँ, ३० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.स्वर्णीम वाग्लेले रास्वपाले शुसासन र युवा केन्द्रीत मन्त्रालय रोजेर नै लिएको भन्दै काम गर्न नसकेको दिन आफैँ सरकारबाट बाहिरिने बताउनुभएको छ ।

बुधबार प्रधानमन्त्री दाहालले विश्वासको मत लिन प्रतिनिधि सभामा प्रस्तुत प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले रास्वपाले शुसासन र युवा केन्द्रित मन्त्रालय रोजेर नै लिएको भन्दै काम गर्न नसकेको दिन आफैँ सरकारबाट बाहिरिएर प्रधानमन्त्रीले गलहत्याउनु पर्ने अवस्था नबनाउने बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘हामी बिगार्न, भत्काउन, तोड्न र उखेल्न आएका हैनौँ । हामी काम गर्न आएका हौँ । प्रतिपक्षमा हुँदा सशक्त भूमिकामा थियौँ । प्रश्न गर्यौँ । अब सरकारबाट डेलिभरी दिन सकिन्छ कि भनेर आएका छौँ । सुशासन र युवा केन्द्रित मन्त्रालय रोजेर नै लिएका छौँ । गर्न नसकेको दिन हामी आफैँ बाहिरिने छौँ । प्रधानमन्त्रीज्युलाई सजिलो बनाइदिन्छौ। । उहाँले हामीलाई गलहत्याउनु पर्दैन ।’

राष्ट्रहितको विषयमा काम गर्ने प्रधानमन्त्रीको चाहनालाई साथ दिन रास्वपाले जोखिम मोलेर साथ दिएको उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...