नयाँ समीकरणबाट बनेको सरकारले केही गर्न सक्दैन : सांसद पन्त

11

काठमाडौँ, २९ फागुन । राष्ट्रिय सभा सदस्य कमला पन्तले राष्ट्रिय सभा अध्यक्षमा नयाँ सत्ता समीकरणको सरकारले महिलालाई अगाडि सारेको भए कांग्रेसले उम्मेदवार नउठाउने बताउनुभएको छ ।

उहाँले सभाको अभिभावक (अध्यक्ष) आफूहरुले महिला नै खोजेको उल्लेख गर्दै राजनीतिक दलले महिलालाई पहिलो भन्दा दोस्रो दर्जामा थन्क्याउने प्रवृतिको विरोध जनाउनुभयो ।नेपालको राजनीतिमा प्रमुख समस्या सत्तामा महिलालाई राजनीतिक दलले पहिलो दर्जामा स्वीकार्न नचाहने गरेको भनाइ पन्तको छ ।

राष्ट्रिय सभाकी उपाध्यक्ष अर्याललाई नै अध्यक्षको लागि गठबन्धन दलले अगाडि सारेको भएका कांग्रेसले त्यसलाई स्वीकार्ने विस्वास व्यक्त गर्नुभएकी पन्तले भन्नुभयो, ‘राष्ट्रिय सभा अध्यक्षमा महिलाको बारेमा सहमती खोज्न गठबन्धन आएको भए हामी सहमत हुन सक्थ्यौँ । मलाई विश्वास छ पार्टीले अर्को उम्मेद्वार उठाउने थिएन ।हाम्रो पार्टीमा त्यस्तो छलफल पनि भएको थियो । हामीले हाम्रो अभिभावक महिला नै खोजेका थियौं त्यो हुन सकेन । दोस्रो दर्जामा मात्रै महिलालाई विश्वास गर्ने परिपाटीको म विरोध गर्छु ।’

यस्तै, पन्तले कांग्रेससँग गठबन्धन रातारात टुटाएर गएको माओवादी नेतृत्वको नयाँ समीकरणले जनताका लागि केही गर्न नसक्ने बताउनुभयो ।

‘अहिलेको सरकार ‘ओल्लो घरको नरे पल्लो घरमा सरे’ भन्छन् नि त्यहि हो । ओल्लो घरको नरे पल्लो घरमा सरेर के गर्न सक्छ रु केही सक्दैन् ।’ उहाँले थप्नुभयो, ‘के के गर्छु नेपाली जनताका लागि भनेर रातारात सरकार परिवर्तन गरियो रु हामी सरकारमा बस्न नपाएर भनेको होइन । कोही पनि सरकारमा जाँदा जनताप्रति जिम्मेवारी र प्रतिबद्धता हुन्छ । यो सरकारसँग के छ प्रतिबद्धता ? टाउको उही हो शरीर परिवर्तन गरेपनि ब्रेन त उही हो । यो सरकारबाट के परिवर्तन होला त ?’

मंगलबार साढे ११ बजेदेखि बानेश्वरस्थित संघीय संसद्को राष्ट्रिय सभा बैठक जारी छ । बैठकमा उपाध्यक्ष उर्मिला अर्यालले अध्यक्ष निर्वाचन प्रकृया सुरू गरी पक्ष विपक्षबाट छलफल भैरहेको छ ।

अध्यक्षका लागि नयाँ पाँच दलीय गठबन्धनबाट नारायण प्रसाद दाहाल र कांग्रेसबाट युवराज शर्मा उम्मेदवार हुनुहुन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...