जसपा दुई मन्त्रालयसहित सरकारमा, मन्त्रीद्वारा शपथ

18

काठमाडौँ, २७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले आइतबार सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

जसपाबाट अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागि भएको हो । जसअनुसार अध्यक्ष यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री र नवलकिशोर साह वनमन्त्री बन्नुभएको छ ।

दुवै मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । यससँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...