चेक रिपब्लिककी क्रिस्टिनालाई ‘मिस वर्ल्ड २०२४’को उपाधि

19

काठमाडौँ, २७ फागुन । ७१औँ संस्करणको ‘मिस वर्ल्ड २०२४’को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले जितेकी छन् । शनिबार साँझ भारतको मुम्बईस्थित जियो वर्ल्ड कन्वेन्सन सेन्टरमा सम्पन्न प्रतियोगितामा पिजकोवाले उपाधि जितेकी हुन् ।

क्रिस्टिनालाई ‘मिस वर्ल्ड २०२३’ पोल्याण्डकी करोलिना विलावस्काले ताज पहिराइ दिइन् । प्रतियोगितामा लेबनानकी यास्मिना फर्स्ट रनअप भइन् ।

प्रतियोगिताको उत्कृष्ट ४ मा मिस त्रिनिदाद एण्ड टोबैगो, मिस बोत्सवाना, मिस चेक रिपब्लिक र मिस लेबनान पुगेका थिए ।

यसपटकको प्रतियोगितामा १२ निर्णायक थिए । भारतमा २८ वर्षपछि यो प्रतियोगिता भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...