गठबन्धन टुटेकोमा खुसी छु : शशांक कोइराला

37

विराटनगर, २४ फागुन । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले गठबन्धन टुट्नु खुसीभन्दा पनि आर्शिवाद भएको बताउनुभएको छ । कसैको आर्शिवादमा गठबन्धन टुटेको उहाँको संकेत थियो ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले अब पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्ने भन्दै गठबन्धन टुट्नु आफ्नो लागि खुसीको कुरा भएको बताउनुभयो । उहाँले कांग्रेस सधैँ एक्लै लड्नुपर्ने औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धन टुट्नु सत्तावादीको खेल हो । प्रचण्ड र ओलीज्यू उहाँहरुले पहिला गठबन्धन गर्नुभयो । फेरि हामीतर्फ आउनुभयो । मलाई लाग्छ यो एउटा बरदान हो । अब हामी पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्छ । प्रतिपक्षमा मात्रै बसेर कडा भूमिका निर्वाह गर्नुपर्छ । गठबन्धन टुटेकोमा म खुसी मात्र छैन्, कसैको आर्शिवाद पाएको हो कि भन्ने लागेको छ । मेरा लागि यो लुकेको एउटा खुसी चाही हो ।’

उहाँले विगतमा मिलेर गरिएको काम गलत भएको भन्दै अब एक्लै लड्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘म बिपी कोइरालाको छोरा भएको हुनाले म भन्छु कुनै पार्टीसँग पनि हामी मिल्नु हुँदैँन । विगतमा जसरी मिलेका थियौँ त्यो गलत भयो हामी एक्लै लड्नुपर्छ । हामीले स्थापना गरेको कम्युनिस्ट पार्टी हो र हाम्रै मातहतमा आउँछन् ।’

Share This:
सम्बन्धित खबर
Loading...