तीन मन्त्रीको शपथ साँझ ५ बजे

126

काठमाडौँ, २१ फागुन । सत्ता गठबन्धन फेरिएपछि पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ आज साँझ ५ बजे हुने भएको छ ।

प्रधानमन्त्री कार्यालयले शपथका लागि राष्ट्रपति कार्यालयलाई पत्र पठाएपछि शीतलनिवासमा सपथको तयारी थालिएको हो ।

नेकपा (माओवादी केन्द्र)ले सांसद हितबहादुर तामाङलाई मन्त्री बनाउने निर्णय गरेको छ । त्यस्तै, एमालेबाट पर्वतका सांसद पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापतिसमेत रहेका डिपी अर्यालले मन्त्रीको शपथ लिने स्रोतले बताएको छ ।

गिरी यसअघि स्वास्थ्यमन्त्री, तामाङ युवा तथा खेलकुदमन्त्री र अर्याल श्रममन्त्री हुनुहुन्थ्यो ।

संघीय सत्ता समीकरण फेरबदल भएपछि प्रदेश सरकारमा पनि उथलपुथल हुने निश्चित भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...