राष्ट्रपति भेटेर फर्किनुभयो प्रधानमन्त्री

24

काठमाडौँ, २१ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलसँग ताजा राजनीतिक घटनाक्रमबारे छलफल गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवासबाट फर्किनुभएको छ । नयाँ गठबन्धनको सबै तयारी सकेपछि दाहालले राष्ट्रपतिसँग भेट्न समय माग्नुभएको थियो ।

नेपाली कांग्रेस सहितका दलहरुलाई नयाँ गठबन्धनबारे कुनै जानकारी नै नदिइ दाहालले नेकपा (एमाले)सहितका दलहरुको गठबन्धन बनाएको एकीकृत समाजवादीले प्रतिक्रिया दिएको छ ।

आफ्नै नेतृत्वमा सानो मन्त्री मण्डल गठन गर्ने अन्तिम तयारी गरेपछि दाहाल राष्ट्रपति भेट्न शीतल निवास पुग्नुभएको थियो ।

नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री प्रचण्डले सोमबारै गठबन्धनमा सहभागी हुने दलहरू समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गर्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...