एमाले सरकारमा सामेल हुन तयार

89

काठमाडौँ, २१ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सरकारमा सामेल हुन तयार भएको छ । सोमबार बिहान बालकोटमा बसेको पार्टीका पदाधिकारीहरुको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विकसित घटनाक्रमबारे बिफ्रिङ गर्नुभएको थियो ।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान गठबन्धन टुटाए नयाँ ढंगबाट छलफल गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।

‘अहिले प्रधानमन्त्रीले टिआरसी विधेयकमा सहमति माग्नुभएको छ, र सहकार्य गरौँ भन्नुभएको छ,’ ज्ञवालीले भन्नुभयो, ‘उहाँलाई टिआरसी विधेयकमा मात्रै साथ चाहिएको हो वा समग्र सहकार्यका लागि हो भन्नेबारे हामी पर्ख र हेरको अवस्थामा छौँ ।’

प्रधानमन्त्री दाहालले गठबन्धन टुटाए सरकारमा सहभागी हुन तयार रहेको निणर्य गर्दै एमाले सचिवालय बैठक सकिएको छ । अब लगत्तै एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच छलफल हुने नेताहरूले जनाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...