काठमाडौँ, २० फागुन । एमालेले राष्ट्रिय सभामा संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ ।
आइतबार एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले न्यौपानेलाई राष्ट्रिय सभाको प्रमुख सचेतकमा मनोनयन गर्नुभएको हो ।
न्यौपालाई एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम सोमबार फागुन २१ गतेदेखि लागु हुने गरी प्रमुख सचेतकमा मनोनयन गरेको पार्टी सचिवालयले जनाएको छ ।
राष्ट्रियसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आज सकिएकाले न्यौपानेलाई मनोनयन गरिएको हो ।