निता आचार्यको ‘चुप चाप’ सार्वजनिक [भिडिओ]

37

काठमाडौँ, २० फागुन । गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक भएको छ । विश्व साइकल यात्री पुस्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीको एरेञ्ज र कुमार केसीको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

किरण श्रेष्ठले निर्देशन गरेको गीतको भिडिओमा अभिनेत्री शर्मिला मल्ल र पुस्कर शाहलाई फिचरिङ गरिएको छ । प्रताप सिंहको छायांकन रहेको भिडियोमा बुद्धि तामाङको शृंगार रहेको छ । गीतको भिडिओ निता आचार्यको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

गीत जति राम्रो छ गीतको भिडिओ पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मेहनतले एउटा राम्रो गीत र यसको भिडिओ श्रोतारदर्शकमाझ पस्किएका छौं, आशा छ सबैले मन पराइदिनुहुनेछ’, गायिका आचार्यले भन्नुभयो ।

आचार्यका ‘जिन्दगी, सँगै जिउने हो भए साथमा नभए यादमा, झिमझिम परेली, गरिदेउ बिदा, मनको धोको’ जस्ता गीत श्रोतारदर्शकमाझ लोकप्रिय छन् । नेपालबाहिर अमेरिकामा बस्दै आउनुभएकी आचार्यले सबै प्रकारका गीत गाउँदै आउनुभएको छ । ‘सबै खालका गीत गाउन मनपर्छ । मायाप्रेमका गीत, आधुनिक र लोक फ्युजन भएका गीत अलिक बढी गाएकी छु’, उहाँ भन्नुहुन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...