विकास अभियानले गति लिन सुरू गरिसक्यो : अर्थमन्त्री महत

17

नुवाकोट, १९ फागुन । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विकासको अभियानले गति लिन सुरु गरेको बताउनुभएको छ ।

शनिबार नुवाकोटको बेलकोटगढी नगरपालिका–१ मा रहेको बेलकोट भञ्याङ माध्यमिक विद्यालयको स्वर्ण जयन्तीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा। महतले देशमा विकासका गतिविधि चलायमान हुँदै मुलुक समृद्धितर्फ अघि बढ्न सुरू भएको बताउनुभएको हो ।

उहाले भन्नुभयो, ‘सबैको पालो आउँछ, अब आर्थिक वृद्धि गर्ने पालो हाम्रो आएको छ । यसका लागि देशप्रति गौरव गर्नुपर्छ र हामी गर्छौ, हामी गर्न सक्छौं भन्ने आत्मविश्वास जगाउनुपर्छ । नेपालमै हुन्छ, यही केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढाऔँ ।’

देशको राजनीतिक अस्थिरता, द्वन्द्व विनासकारी भूकम्प, कोरोना रोगको संक्रमणलगायतका कारणले पछि परेको अर्थतन्त्रलाई लयमा फर्काउँदै विकासको प्रवाह सुरु गरेको उहाँको भनाइ छ ।

अहिलेको अवस्थामा राजस्व करिब १० प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै उहाँले राज्य बजेट दिने क्षमता पनि बढेको बताउनुभयो ।

देशको अर्थतन्त्र सुधारको लयमा फर्कदै आएकाले आगामी दिनमा सरकारको प्राथमिकता गुणस्तरीय शिक्षा र रोजगारको सिर्जना गराउन केन्द्रित रहेको उहाँको दाबी थियो ।

Share This:
सम्बन्धित खबर
Loading...