शान्ति प्रक्रियाको बाँकी काम दलहरुको सहमतिमा टुंग्याइन्छ : प्रधानमन्त्री प्रचण्ड

19

उदयपुर, २१ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाको बाँकी काम राजनीतिक दलहरुको सहमतिमा टुंगिने बताएका छन् ।

रौतामाई गाउँपालिका नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै उनले वर्तमान गठबन्धन सरकारले विगत जनयुद्धकाकालदेखि थाती रहेका शान्तिप्रक्रियाका बाँकी टुङ्ग्याउनका लागि राजनीतिक दलबीच सहमतिको प्रयास जारी रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले अहिले पहिले जस्तो आर्थिक संकट नभएको भन्दै अर्थतन्त्रका सूचकहरु सकारात्मक भएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...