ओलीले भने- पृथ्वी जयन्तीमा एकता दिवस मनाउनु राम्रो

62

काठमाडौँ, २७ पुस । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा एकता दिवस मनाउनु राम्रो काम भएको बताएका छन् ।

शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँमा ३०२औँ पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा पुगेका उनले यस्तो बताएका हुन् ।

उनले पुथ्वी जयन्तीलाई एकता दिवसका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यक्रम गर्नु राम्रो भएको बताए । उनले नेपालको भौगोलिक एकीकरणको नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्तीमा कार्यक्रम गरेकामा राप्रपालाई धन्यवादसमेत दिए ।

उनले भने, ‘‘एकता दिवस भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीले जुन कार्यक्रम गरेको छ, त्यसका लागि उहाँहरुलाई धन्यवाद छ । यो राम्रो काम गर्नुभएको छ ।’’

राप्रपाको चियापान कार्यक्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताहरुको पनि उपस्थिति रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...