बाह्र दललाई निर्वाचन चिह्न प्रदान

20

काठमाडौँ, २ पुस । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले १२ वटा राजनीतिक दललाई दर्ता गरी तिनलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।

नेपालको संविधानको धारा, २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम ती दल दर्ता भएका हुन् । दर्ता भएका दलहरुका लागि २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतका आधारमा क्रम निर्धारण गरी निर्वाचन चिह्न प्रदान गरिएको हो ।

आयोगले निर्धारण गरेको क्रमअनुसार नेकपा (एमाले)लाई सूर्य, नेपाली कांग्रेसलाई रूख, नेकपा (माओवादी केन्द्र)लाई गोलाकारभित्र हँसिया हथौडा, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो, जनता समाजवादी पार्टीलाई नेपाल ढल्केको छाता प्रदान गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...