एमालेले एकल बहुमत पुर्‍याएर सरकार सञ्चालन गर्छ : ओली

45

पाँचथर, १ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ मा हुने निर्वाचनबाट एमालेले एकल बहुमत पुर्‍याएर सरकार सञ्चालन गर्ने दाबी गरेका छन् ।

पाँचथरको फिदिममा ‘झुलाघाट चिवाभञ्ज्याः समृद्धिका लागि संकल्प यात्रा–२०८०’ को बृहत् जनसभालाई सम्बोधन गर्दै उनले उक्त दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले अब भाँडाकुटी खेलजस्तो हाडाभाँडा बटुलेर सरकार सञ्चालन गर्दा जनताले आहातमात्रै पाउने भन्दै अब मिसन–८४ नै सञ्चालन गरी एमालेले एकल बहुमत पुर्‍याएर सरकार सञ्चालन गर्ने बताए ।

पूर्वप्रधानमन्त्री ओलीले सडकबाट कराएर मात्रै आफ्ना माग पूरा गर्न नसकिने बताउँदै विमतिका बीचमा पनि सहमति खोज्न कोशी प्रदेशविरूद्ध आन्दोलनरत पहिचान पक्षधरलाई आग्रह गरे ।

Share This:
सम्बन्धित खबर
Loading...