मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, २ जना घाइते

25

झापा, १८ मंसिर । झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्गस्थित मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

आइतबार राति साढे ११ बजे फुलवासा पुलमा प्रदेश १–०१–०१६ प ७६४९ र प्रदेश १–०३–००१ प २६५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पुलमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार ३ जना घाइते भएका थिए ।

घाइतेलाई उपचारका लागि अस्पताल लगिएकोमा मोटरसाइकल चालक झापा गाउँपालिका–३ का २० वर्षीय मनिस बासकोटालाई बिएन्डसी अस्पताल बिर्तामोड पुर्‍याउन साथ चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।

अर्को मोटरसाइकल चालक झापा गाउँपालिका–३ का २० वर्षीय सौरव बास्कोटाको सोही अस्पतालमा र पछाडि सवार सोही स्थानका २४ वर्षीय सुमन पौडेलको मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको छ ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...