विश्वकप क्रिकेट लिगको पहिलो शृङ्खला नेपालमा हुने

44

काठमाडौँ, १५ मंसिर । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृङ्खला घरेलु मैदानमा हुने भएको छ ।

नेपाल, नेदरल्यान्ड र नामिबियाबीच हुने उक्त शृङ्खला आगामी फागुन ५ देखि हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपालले दुवै टोलीसँग समान दुई खेल खेल्ने छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार यस संस्करणको खेलमा विभिन्न आठ राष्ट्र सहभागी हुनेछन् । जसमा नेपालसहित नामिबिया, क्यानडा, नेदरल्यान्ड, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई), ओमान र अमेरिका छन् ।

लिग सन् २०२७ सम्म सञ्चालन हुने छ । यसअघि सन् २०१९ देखि २०२३ सम्म भएको अघिल्लो संस्करणको लिगमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...