राजतन्त्र फर्कन सक्दैन : ओली

14

डडेल्धुरा, १५ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले गणतन्त्रमार्फत् अगाडि बढ्ने संकल्प गरिसकेको अवस्थामा राजतन्त्र फर्कन नसक्ने धारणा राखेका छन् ।

पार्टीको ‘समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत आज डडेल्धुरामा आयोजित सभामा अध्यक्ष ओलीले केही तत्वहरू राजतन्त्र फर्काउन लागेको भन्दै त्यो सम्भव नभएको बताए ।

उनले २०८४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्दै त्यसको १० वर्षमा बेरोजगारी अन्त्य भइ समृद्धि हासिल हुने जिकिर गरे ।

Share This:
सम्बन्धित खबर
Loading...