सवारी दुर्घटना एकको मृत्यु, ३ जना घाइते

24

झापा, १२ मंसिर । झापाको गौरादह नगरपालिका–२ मा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

आज दिउँसो १२ बजे गौरादह गौरीगञ्ज सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको सिटीलाई सोही दिशातर्फ जाँदै गरेको पिकअप गाडीले ठक्कर दिइ दुर्घटना हुँदा घाइते भएका सिटी चालक स्थानीय ५२ वर्षीय रघुनाथ काफ्लेलाई उपचारका लागि लाइफ लाइन अस्पताल दमक लगिएकोमा उनको बाटोमै मृत्यु भएका हो ।

दुर्घटनामा परी घाइते भएका सिटीमा सवार गौरादह–३ की ५५ वर्षीया रामा नेपाल र ४४ वर्षीया मेनुका भण्डारीको म्याडिम्याक्स अस्पताल गौरादहमा उपचार भइरहेको छ भने पिकअप चालक गौरीगञ्ज–८ का २६ वर्षीय राजेश महतोको दमक अस्पताल दमकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौरदहले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...