गणतन्त्र विरोधी गतिविधिबाट आत्तिएका छैनौँ : देउवा

20

चितवन, ११ मंसिर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले भने, “गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।”

उनले गणतन्त्रको विरोध गर्नेहरूको अर्थ नरहेको बताए । गणतन्त्र विरोधी गतिविधिबाट राजनीतिक दलहरू अत्तालिएका हुन् ? भन्ने प्रश्नमा उनले भने, “को अत्तालियो ? हामी अत्तालिएका छैनौँ ।”

वर्तमान सत्तारूढ गठबन्धन दलको सत्तासाझेदारीका विषयमा पनि सभापति देउवालाई पत्रकारहरूले प्रश्न गरेका थिए । सरकारका नेतृत्वका विषयमा भएको आलोपालोको सहमतिबारे उनले स्पष्ट जबाफ दिएनन् । गठबन्धन दलको सत्ता साझेदारी कसरी हुन्छ ? यस प्रश्नमा उनको जबाफ थियो, “थाहा पाइहाल्नुहुन्छ नी ।”

Share This:
सम्बन्धित खबर
Loading...