रुखले किचेर २ जनाको मृत्यु

32

काठमाडौँ, ११ मंसिर । खोटाङ र तेह्रथुम जिल्लाको छुट्टाछुट्टै स्थानमा रुख काट्ने क्रममा रुखले किचेर दुई जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो तेह्रथुमको लालीगुराँस नगरपालिका–४ का ५४ वर्षीय धन बहादुर पौडेलले आफ्नै बारीमा रहेको उत्तिसको रुख काटी डोरीले तान्ने क्रममा रुखले किच्दा घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

त्यसैगरी खोटाङको जन्तेढुङगा गाउँपालिका–३ का ६३ वर्षीय दिर्पमान राईले घर बनाउनका लागि उत्तिसको रुख ढाल्ने क्रममा रुखले किच्दा घटनास्थालमा नै मृत्यु भएको हो ।

घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...