वर्तमान सरकार विदेशीहरूका लागि मात्रै कम्फर्टेबल : महासचिव पोखरेल

17

मुगु, १० मंसिर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार जनताको हितमा नभइ विदेशीहरूका लागि मात्रै ‘कम्फर्टेबल’ भएको बताएका छन् ।

एमाले मुगु जिल्लाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न सदरमुकाम गमगढी पुगेका महासचिव पोखरेलले प्रचण्ड नेतृत्वको वर्तमान गठबन्धन सरकार विदेशी प्रतिक्रियावादी, दलाल पुँजीपतिहरूलाई मात्रै कम्फर्टेबल भएको ठोकुवा गरेका हुन् ।

‘प्रचण्डले भारत भ्रमण जाँदा नेपालको हितमा हुने सम्झौता गरेर आउन्, चुच्चे नक्साको बारेमा बोलुन् भन्ने हाम्रो (नेकपा एमाले)ले सल्लाह सुझाव दिएको थियो । प्रधानमन्त्री प्रचण्डले नक्साको कुरा उठाउँदा भारत नेपालसँग रिसाउँछ भनेर कुरै उठाएन । राष्ट्रिय पोसाकमा भारत भ्रमणमा गएका प्रचण्ड राष्ट्रिय पोसाक झिेकर गेरूवस्त्र धारण गरी १०८ किलोग्राम रूद्राक्ष चढाए,” उनले भने ।

नेपालको राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेस लामो इतिहास बोकेको दल भए पनि अहिले दुई वर्षमा प्रधानमन्त्री नेतृत्वका लागि माओवादीको पुच्छर समाउँदै साना दलहरूसँग घुँडा टेक्नु पर्दा आफ्नो विगतको विरासत बिर्सिएको उनले आरोप लगाए ।

वर्तमान सरकारको चालामाला ठिक नभएकाले गठबन्धनको नाममा नेपालका अदालत, अदालत जस्ता नभएको उनले बताए । व्यवस्थापिका व्यवस्थापिका जस्तो नरहेको महसुस आम नेपालीले गर्दै वर्तमान प्रचण्ड नेतृत्वको सरकारबाट कुनै नागरिकले भरोसा नगरेको भनाइ उनको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...