पटाका पड्काउँदा आगलागी, ५० लाखभन्दा बढीको क्षति

40

काठमाडौँ, २७ कात्तिक । गएराति सुनसरी सदरमुकाम इनरूवा–१ स्थित मुख्य बजारमा आगलागी भएको छ । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले इनरूवा–१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको जानकारी दिए ।

लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पटका जैनको घर पछाडि रहेको रूखको बोटनजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् । आगलागीबाट एउटा कोठााको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरूपमा जलेर नष्ट हुँदा करिब ५० लाखभन्दा बढीको क्षति भएको बताइएको छ ।

इनरूवा, दुहबी, धरान, कोशी, इटहरी, देवानगञ्ज, रामधुनीलगायतका स्थानबाट आएका बारूणयन्त्रसहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरूवा नगरप्रहरीलगायतका सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...