दियोबाट आगो सल्किँदा …

156

खाँदबारी, २७ कात्तिक । सङ्खुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–१ हिमावि टोलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

गएराति लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्केर खाँदबारी–१ स्थित लिला राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । आगलागीबाट राईको घर पूर्णरुपमा नष्ट भए पनि मानवीय क्षति भएको छैन ।

आगलागीबाट राईको घरमा राखेका लत्ताकपडा र खाद्यान्न जलेको प्रहरी निरीक्षक लामिछानेले बताए । आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले एक घन्टापछि नियन्त्रण लिएको प्रहरी निरीक्षक लामिछानेले बताए ।

आगलागीबाट नगद ३१ हजार पनि जलेको छ भने उनको घर परिसरमा पार्किङ गरी राखिएको एक अटो (टेम्पो)मा पनि आगोले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । आगलागीबाट कति क्षति भयो भन्ने विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...