कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

1,577

खाँदबारी, २५ कात्तिक । सङ्खुवासभामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय चैनपुरले बिहीबार दिउँसो साढे ३ बजे धर्मदेवी नगरपालिका–२ का २८ वर्षीय बुद्धे भनिने बुद्धिराज जिमीलाई पक्राउ गरेको हो ।

उनलाई धर्मदेवी नगरपालिका–२ तामाफोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

२०६८ फागुन ३ गते धर्मदेवी–२ का रविन जिमीको हत्या भएको थियो । उनको हत्यामा बुद्धिराजको समेत संलग्नता रहेको प्रहरीले जनाएको छ ।

उक्त घटना भएदेखि नै फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई जिल्ला अदालत सङ्खुवासभामा पेस गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...