एक लाख बराबरको अवैध सामान बरामद

11

विराटनगर, २२ कात्तिक । झापा र सुनसरीको छुट्टाछुट्टै स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ ।

सीमावर्ती क्षेत्रमा प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउँदै गरेको विभिन्न प्रकारको रेडिमेट कपडा, खाद्यन्नका सामाग्री, फुटबल जुत्ता र हार्डवेयरलगायतका सामानहरु बरामद गरेको हो ।

बरामद गरिएका करिब १ लाख २३ हजार रुपैयाँ बराबरको सामान आवश्याक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयहरुमा बुझाइएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...