प्रधानमन्त्री राहत कोषमा कांग्रेसको ५० लाख सहयोग

17

काठमाडौँ, २१ कात्तिक । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रूपैयाँ सहयोग गरेको छ ।

कांग्रेसका सभापति शेर बहादुर देउवासहितको पदाधिकारीहरूको प्रतिनिधि मण्डलको टोलीले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

कांग्रेसले भूकम्पपछिको उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि ९ बुँदे सुझाव पेस गर्दै सरकारको ध्यानाकर्षण पनि गरेको छ । कांग्रेसले भूकम्पपछिको खोज र उद्धारमा प्रधानमन्त्रीको तदारूकता र तत्परताको प्रशंशा पनि गरेको छ ।

कांग्रेसले राहत र पुनःनिर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको व्यवस्था, उद्धार र पुनःस्थापनामा एकद्वार प्रणाली अनुशरण गर्दा प्रवेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिइ संघीय सरकारको अनुगमन र सहजीकरणका लागि सुझावसमेत दिएको छ ।

सो अवसरमा कांग्रेस सभापति देउवासँगै महामन्त्रीद्वय गगन कुमार थापा र विश्व प्रकाश शर्मा, प्रचार विभाग प्रमुख मीन बहादुर विश्वकर्मालगायत थिए ।

आजै नेकपा (एकीकृत समाजवादी)ले पनि २० लाख रूपैयाँ सहयोग गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...