जाजरकोटमा शुक्रबारयता भूकम्पका चार सय बढी परकम्प

26

काठमाडौँ, २१ कात्तिक । जाजरकोटमा गत शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएयता झन्डै ४०० परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार आज बिहान ७ः५४ बजेसम्म ४३९ वटा परकम्प गइसकेको छ । करिब ४० वटा परकम्प ४ म्याग्निच्युडमाथिका रहेकोमा सोमबार अपरान्ह ५.८ रेक्टर स्केलको परकम्प गएको थियो ।

अपरान्ह ४ बजेर ३१ मिनेटमा गएको उक्त परकम्पले जाजरकोट र रूकुम पश्चिममा थप क्षति पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार भेरी नगरपालिका–४ रानागाउँमा परकम्पले एउटा घर भत्काएको छ भने कुशे गाउँपालिका–५ मा एकजना र भेरी नगरपालिका–१ मा एकजना गरी २ जना घाइते भएका छन् ।

कुशे गाउँपालिकामा ढुंगा खसेर बाटो हिँडिरहेका एक जना घाइते भएका हुन् । यस्तै रूकुम पश्चिममा थप १० जना घाइतेभ एका छन् । उनीहरुको जिल्लाकै अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी निरीक्षक धमेन्द्र खड्काले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...