जाजरकोटमा सोमबार अपरान्ह पनि भूकम्पको धक्का

51

काठमाडौँ, २० कात्तिक । जाजरकोटमा फेरि भूकम्प गएको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

उक्त कम्पन गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पकै परकम्पन भएको बताइएको छ ।

यो परकम्पले जाजरकोट, सुर्खेत, रूकुम पूर्व, सल्यान, दाङ, कालिकोट, कैलाली र रूकुम पश्चिमसहितका जिल्लामा धक्का महसुस भएको छ ।

गएको शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा धनजनको क्षति भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...