जाजरकोट भूकम्प : १२ स्वास्थ्य संस्थामा क्षति

19

काठमाडौँ, २० कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भूकम्पमा परी घाइते भएकाले उपचारका लागि स्वास्थ्य सेवा प्रवाहमा कुनै समस्या नभएको स्पष्ट गरेको छ ।

मन्त्रालयका अनुसार जाजरकोट र रूकुम पश्चिमका १२ वटा स्वास्थ्य संस्थामा क्षति भएता पनि स्वास्थ्य सेवा प्रवाहमा भने कुनै समस्या नभएको मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गरी जनाएको हो ।

“धेरै घाइते उपचारपश्चात घर फर्केका छन् । उपचारका लागि अन्यत्र सिफारिस गरिएकाहरूको प्रादेशिक अस्पताल सुर्खेत, भेरी अस्पताल नेपालगञ्ज र त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचारको व्यवस्था गरिएको छ,” विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य सेवा विभागद्वारा औषधि तथा औषधिजन्य सामग्री प्रभावित जिल्लामा पठाइएको छ ।

विज्ञप्तिअनुसार भूकम्पबाट प्रभावित जाजरकोट, रूकुम पश्चिम, रूकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्युठानका गरी १५७ जनाको मृत्यु भएको छ भने अन्य २५६ जना घाइते भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...